global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अवैध लागूऔषधसहित १५ जना पक्राउ

अवैध लागूऔषधसहित १५ जना पक्राउ

अवैध लागूऔषधसहित १५ जना पक्राउ

देशका विभिन्न स्थानमा प्रहरीले अवैध लागूऔषध ओसारपसार तथा सेवनमा संलग्न १५ जनालाई पक्राउ गरेको छ।

सुनसरी, धरान उपमहानगरपालिका(१३ अमरहाट कृषि बजार बस्ने ३० वर्षीय मिलन लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९० ट्याब्लेट, स्पास्मिड ३ हजार ७० ट्याब्लेट, बुप्रेनोर्फिन ४ एम्पुल, फेनिरामाइन १७ एम्पुल र डाइजेपाम ९ एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-८ सरस्वती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ९० मिलिग्राम र नगद २७ हजार ६ सय ७० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, शिवसताक्षी नगरपालिका-८ डुँडामारी बस्ने २७ वर्षीय सुनिल लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने प्रेमनाथ बनियाँलाई अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९७ मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम २४ एम्पुल, फेनारगन २२ एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल, नाइट्राभेट ११ ट्याब्लेट, नगद ३५ लाख ९९ हजार ८ सय ६५ रूपैयाँ र मोबाइल १० थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका(४ बस्ने १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय किशोर र सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय एलेक्स सुबेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-३ आइतबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ३५ ट्याब्लेट र लेभ्रिक्स ६ सय ९५ ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सही ठाउँ बस्ने २७ वर्षीय गोवर्धन गुरूङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, सन्जय खड्का र २० वर्षीय बिशाल उराउ रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले गोवर्धनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पाँचै जनालाई पक्राउ गरेको हो ।

धनकुटा, छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २४ वर्षीय दर्पण गुरूङ र ३१ वर्षीय सुदिल लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु