गृहपृष्ठ वाणिज्य बैंकहरुको लाभांश क्षमता ४ अर्ब ६८ करोड मात्रै, कुनको कति ?
वाणिज्य बैंकहरुको लाभांश क्षमता ४ अर्ब ६८ करोड मात्रै, कुनको कति ?

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता निकै कमजोर देखिएको छ । बैंकहरूले सामान्य रूपमा मुनाफा बढाए पनि वितरणयोग्य मुनाफामा अपेक्षित सुधार गर्न सकेका छैनन् । चालू आर्थिक वर्षको ९ महिनासम्ममा बैंकहरूको वितरणयोग्य नाफा ४ अर्ब ६८ करोड रुपैयाँ मात्रै छ ।
चालू आर्थिक वर्षको चैतसम्ममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । त्यस्तै, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक रहेका माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र नेपाल बैंक यसपटक भने धनात्मक बनेका छन् । सबैभन्दा धेरै वितरणयोग्य नाफा एभरेस्ट बैंकले गरेको छ ।
२०८० चैतमा २ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको २०८१ चैतसम्ममा बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, गत आर्थिक वर्षको चैतमा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षमा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, नबिल बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड, कृषि विकास बैंकको १ अर्ब ९१ करोड, प्राइम कमर्सियल बैंकको १ अर्ब ७३ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टड बैंकको १ अर्ब ४७ करोड रुपैयाँ, नेपाल एसबिआइको १ अर्ब ५ करोड, लक्ष्मी सनराइजको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : १६:३१ बजे