काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तेस्रो त्रैमाससम्म युनिक नेपाल, गणपति र आशा लघुवित्तको वित्तिय अवस्था यस्तो छ

1.78K
shares

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत कम हो । अघिल्लो वर्ष यो अवधिमा युनिक नेपालले ३ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँ पुगेको छ । हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोष १९ करोड ११ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफामा आएको यो तीव्र वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको ठूलो उछाल हो । यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत वर्षको भन्दा ६८.९५ प्रतिशत धेरै हो । गत वर्ष यसले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा पनि ७५.९८ प्रतिशतले बढेर ९ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । हाल आशा लघुवित्तको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँको रहेको छ ।