global ime bank Long Banner Ad

गृहपृष्ठ गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह

गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह

गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरूलाई व्यवहारिक रूपमा नागरिक अधिकार सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

पूर्वप्रधानमन्त्रीको हैसियतमा आफ्नो कार्यकालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य प्रारम्भ गरिएको स्मरण गराउँदै हालसम्म ती अधिकार व्यवहारमा लागू हुन नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन।

उनको भनाइमा, “हातमा नेपाली नागरिकता हुँदाहुँदै पनि विदेशी पासपोर्टमा भिसा लिएर नेपाल आउनुपर्ने बाध्यता अत्यन्तै विडम्बनापूर्ण स्थिति हो।”

यस प्रकारको अवस्थालाई गम्भीरतापूर्वक लिई गैरआवासीय नेपालीहरूले अधिकारपूर्ण ढंगले मातृभूमिसँगको सम्बन्ध निभाउन सक्ने वातावरण सृजना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले गैरआवासीय नेपालीहरूका सीप, दक्षता र क्षमतालाई राष्ट्रनिर्माणमा सदुपयोग गर्न सकिने गरी स्पष्ट र प्रभावकारी नीतिगत संरचना निर्माण गर्न अनुरोधसमेत गरे । यसमार्फत देशको आर्थिक, सामाजिक तथा प्राविधिक विकासमा विश्वभर फैलिएका नेपालीहरूको योगदानलाई संस्थागत रूपमा समेट्न सकिने सम्भावना रहेको उनको विश्वास थियो।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु