global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।

आफ्नो जीवनको अधिकांश समय नेपाली खेलकुदको विकास र उन्नयनमा लागि पर्ने व्यक्तिलाई सो अवार्डबाट सम्मान गर्ने गरिएको छ । यस वर्षको अवार्ड केसीलाई प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले सिफारिस गरेको थियो । खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो सम्मान अर्पण गरिने मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी दिइन ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जितेकी छन । नवौँ राष्ट्रिय प्रतियोगितामा प्रथम, १२ औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाँचौँ राष्ट्रिय प्रतियोगितामा द्वितीय र १२औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गरेकी थिइन ।

यसैगरी अन्तरराष्ट्रियतर्फ सिड्नीमा भएको २७औँ ओलम्पिक खेलकुदमा सहभागी भएर राष्ट्रिय कीर्तिमानीसमेत कायम गरेकी हुन । विभिन्न सातवटा संस्करणका एसियन गेममा सहभागितालगायत साफ च्याम्पियन र अन्तरराराष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी भउका छन । खत्रीले २०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकका रूपमा खेलाडीलाई निःशुल्क प्रशिक्षणसमेत गराउँदै आएका छन ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरू कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्ने गरिएको छ । नवौँ संस्करणको अवार्ड यही वैशाख २६ गते पोखरामा हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा परिचित छ ।

 

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु