global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ । नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।

केही दिन अघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यस्को केहि दिन पछि कश्मिर घटना भएको थियो । पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व आज जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।

प्रदर्शनका अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुख विरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए । उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।

विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरका थिए ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु