गृहपृष्ठ शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापनपत्र
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापनपत्र
शाखा अधिकृत हित संरक्षण अभियानले राज्यव्यवस्था परामर्श समितिका सभापति रामहरि खतिवडालाई तीनबुँदे ज्ञापनपत्र पेश गरेको छ ।
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा ‘निजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियान’ तीन बुँदे ध्यानाकर्षण पेश गरेको हो ।
अभियानले पेश गरेको ज्ञापनपत्रमा शाखा अधिकाृतलाई उपसचिव र सहसचिव हुन पाउने अवधि पाँच वर्षबाट बढाएर ७ वर्ष पुर्याउन लागिएको, सह सचिव पदमा १० प्रतिशत खुला प्रतियोगितात्मक परीक्षा प्रणालीद्वारा पदपूर्ति हुने व्यवस्था बन्द गर्न लागिएको व्यवस्थाप्रति आपत्ति जनाएको छ । त्यस्तै, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामति सेवाकै कर्मचारी हुनुपर्ने व्यवस्था गर्न समेतथ माग गरिएको छ ।
प्रकाशित समय : २१:३० बजे



















