global ime bank Long Banner Ad

गृहपृष्ठ तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकको खुद नाफा ७३ करोड बढी

तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकको खुद नाफा ७३ करोड बढी

तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकको खुद नाफा ७३ करोड बढी

गरिमा विकास बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड रुपैयाँमा पुगेको छ । सञ्चालन आम्दानी भने ७.५२ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँमा पुगेको छ । इम्पेयरमेन्ट चार्ज ४२.८९ करोड रुपैयाँबाट बढेर ७१.६० करोड रुपैयाँमा आएको छ ।

खराब कर्जा अनुपात १.८१ प्रतिशतबिन्दुले बढेर ४.७८ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकले ८ अर्ब ५७.८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९०.५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गरिमा विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसामा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु