global ime bank Long Banner Ad

गृहपृष्ठ कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन ।

बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सो निर्देशन दिएका हुन् ।

योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि,  राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कलैयामा रहेका निजी अस्पतालको शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैंले अनुगमन गरी दर्ता भए÷ नभएको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको बारेमा जानकारी लिएका हुन् ।

योगशिला अस्पतालले १५ शय्याको भएपनि अप्रेसन समेत गर्ने गरेको पाइएको र उक्त कार्य गर्न नमिल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेशमा रहेका १८० वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेको र  १३३ वटा मापदण्डविपरीत रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु