global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा यस वर्ष दादुराका ८०० भन्दा बढी बिरामी भएको पुष्टि

अमेरिकामा यस वर्ष दादुराका ८०० भन्दा बढी बिरामी भएको पुष्टि

अमेरिकामा यस वर्ष दादुराका ८०० भन्दा बढी बिरामी भएको पुष्टि

अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ ।

गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन् ।

सीडीसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित सङ्क्रमणको रूपमा परिभाषित गरेको छ ।

अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सीडीसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ ।

दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु