global ime bank Long Banner Ad

गृहपृष्ठ भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’

भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’

भूकम्पले क्षति पुगेकासम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सम्पदा केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार भएको बताएको छ ।

भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन र अन्तरराष्ट्रिय वैज्ञानिक समिति ९काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र०को तेस्रो वार्षिक बैठकको शुक्रबार उद्घाटन गर्दैउनलेउपत्यकाका भौतिक र अभौतिक सम्पदाको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ भने । मन्त्री पाण्डेले भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय भएको बताए।

उनले भने, “सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराउनु आवश्यक रहेको बताउदै सम्पदा स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोड्दै लैजान विश्वव्यापी रूपमा प्रचारप्रसार हुनुपर्छ । ”सम्पदा संरक्षणमा स्थानीयको सहभागिता महत्वपूर्ण पक्ष हो भएको जनाउँदै पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबैजना सचेत हुनुपर्ने औँल्याए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पूर्वाधार निर्माणस्थल, निर्माण सामग्री, निर्माणमा लाग्ने प्राविधिक र अन्य श्रमिक, निर्माणस्थलमा बस्ने सर्वसाधारण जनतालाई भूकम्पीय जोखिम न्युनीकरण गर्ने प्रविधिबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडौँ महानगरपालिकाका प्रमुख सुनिता डङ्गोल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, नेपालका लागि युनेकास्कोका प्रतिनिधि जाको डु टुइट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगयतले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेका सम्पदाको जिर्णोद्वार तथा पुनःनिर्माण सम्पन्न गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित समय : ०६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु