काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शिक्षक आन्दोलन बारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु

2.24K
shares

२० दिनदेखि आन्दोलनरत शिक्षकका मागमाथि छलफल गर्न मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारे प्रस्ताव लैजाने र त्यसमाथि छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ।

सरकारले विद्यालय शिक्षा ऐन बाहेक शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गर्दै आएको छ। तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइसकेकी छिन्।