काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दाङमा रेडक्रसका पूर्व अध्यक्षले चलाए आफैंमाथि गोली

1.25K
shares

दाङमा एक व्यक्तिले आफैंमाथि गोली चालाएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन्।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिएका छन् । ‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले भने, ‘गोली लागेर उनको मृत्यु भएको छ।’

आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।