गृहपृष्ठ भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादी मा एक भव्य समारोहका साथ प्रमुख मिडियाहरू र ईनफ्लुन्सेरहरुको उपस्थितिमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

स्काइवाक टावरमा आयोजित समारोहले ६५०० एमएएच क्षमताको ब्याट्री लाई मुख्य विशेषता स्वरूप उजागर ग-यो । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १ ५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ । साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ ।

भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पु–याउँछ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ — चाहे त्यो बाइकमै यात्रा गर्दा होस्, समुद्रकिनारमा घुम्दा होस् वा आकस्मिक पानी पोखिँदा होस् ।

प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८ + ८ जि बी को विस्तारित-याम र २५६ जि बी स्टोरेजले गर्दा मल्टिटास्किंग झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४००% अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरूले तपाईंको मनोरञ्जनलाई अझ जीवन्त बनाउँछ ।

फोटोग्राफीप्रेमीका लागि, भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै, एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउँछन्।

भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४,९९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ।

 

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु