global ime bank Long Banner Ad

गृहपृष्ठ ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन् । कार्लोस मंगलबार बैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।

उनले भने,‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ ।’

कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु