global ime bank Long Banner Ad

गृहपृष्ठ लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ

लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ

लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ

लिबियामा बारुदी सुरुङ हटाउने कामलाई निरन्तरता दिनु र जनतालाई सुरक्षासम्बन्धी चेतना दिनु अहिले पनि धेरै आवश्यक रहेको राष्ट्रसंघका एक उच्च अधिकारीले बताएको छ।

राष्ट्रसंघका महासचिवका उप(विशेष प्रतिनिधि तथा लिबियाका लागि मानवीय समन्वयकर्ता ऐनियास चुमाले त्रिपोलीमा आयोजित एक कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो । यो कार्यक्रम ुबारुदी सुरुङ सचेतना अन्तर्राष्ट्रिय दिवसु को अवसरमा गरिएको थियो।

लिबियाली बारुदी सुरुङ केन्द्रको जानकारी अनुसार लिबियाको धेरै क्षेत्रहरू अहिले पनि जोखिमयुक्त अवस्थामा छन् र अझ नयाँ क्षेत्रहरू पनि पहिचान भइरहेका छन्।

त्यहाँका बारुदी सुरुङ केन्द्रका प्रमुख खलील एल(शिब्लीले लिबियाली टोलीहरूले गरिरहेका प्रयासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

राष्ट्रसंघ अन्तर्गत बारुदी सुरुङ विभाग प्रमुख फात्मा जौरीगले सुरक्षाका लागि सबै निकायहरूबीच सहकार्य आवश्यक भएको बताउँदै कानुन, योजना र सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

सन् २०११ मा गद्दाफीको शासन अन्त्य भएपछि लिबियामा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ। त्यसकै कारण धेरै ठाउँहरू बारुदी सुरुङ र अन्य विस्फोटक वस्तुले प्रदूषित भएका छन्, जसले जनताको जीवनमा अझै खतरा निम्त्याइरहेको छ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु