गृहपृष्ठ समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै बिहीबार मौन प्रदर्शन गर्ने भएको छ । संगठनले रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे मौन प्रदर्शन गर्न लागेको हो।
पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने , मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागेको संगठनले जनाएको छ ।
राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ ।
प्रकाशित समय : ११:५७ बजे


















