गृहपृष्ठ मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो संसदीय समिति
मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आयो संसदीय समिति
संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गर्न लुम्बिनी प्रदेशमा आएको छ ।
समितिले बुधवार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ ।
पाँच दिने स्थलगत अध्ययनको लागि पाँच जना सांसद र उपभोक्ता अधिकारकर्मीसहित समिति स्थलगत अध्ययनको लागि यहाँ आएको हो ।
टोलीमा समितिका सदस्य एवं सांसद रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादव, रुक्मणी राना, गणेश पराजुली र उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन रहेका छन् ।
समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, विशेष आर्थिक क्षेत्र (सेज), सिमेन्ट तथा डन्डी उद्योगहरूको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।
प्रकाशित समय : ११:४९ बजे


















