global ime bank Long Banner Ad

गृहपृष्ठ तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू

तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू

तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

अभियानमा सहभागीले आज बिहान छ किलोमिटर ‘मर्निङवाक’ गरेका पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । अभियानका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट-१४ स्थित सहिद स्मृति समुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले बताए।

उनका अनुसार अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार, शुभेच्छुकलगायत व्यक्तिसँग भेटघाट र छलफल गरेका थिए । विनयी त्रिवेणी–६ त्रिवेणीधाम, अवलोकन गरी यहाँका स्थानीयसँग समसामयिक विषयमा छलफल गर्नुभएको सापकोटाले उल्लेख गरे । पाल्हीनन्दन गाउँपालिका-५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम गर्नुका साथै जिल्ला सदरमुकाम परासीलगायत ठाउँमा पनि कार्यक्रम गर्ने तयारी भएको छ ।

नवलपुरको गैँडाकोटबाट पुनः सुरू भएको अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना भएको छ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पलह गर्ने नेकपा मओवादी केन्द्रले जनाएको हो ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु