काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

1.95K
shares

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरा भइरहेको बताएको छ ।

आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रममा उनले एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान नहुने बताए ।

पूर्वमुख्यमन्त्री शर्माले नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा, प्रशासकीयस्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारिरहेको बताए । “स्थानीय, प्रदेश सङ्घ तथा यसको व्यवस्थित परिचालनको अभावमा पनि अप्ठेरो भइरहेको छ । प्रदेश, सङ्घ र स्थानीय तहका फरकफरक योजना छन्, योजना जसमार्फत कार्यान्वयन भए पनि जनता नै लाभान्वित हुने हुन् भनेर काम गर्नुपर्छ । समन्वय र सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गरिनुपर्छ”, उनले भने ।

देश विकासका लागि जनप्रतिनिधि, जनता र सबै सरोकार भएकाहरूको फराकिलो बुझाइ र त्यसको कार्यन्वनका लागि सहयोग गर्ने सोच हुन आवश्यक रहेको पूर्वमुख्यमन्त्री शर्माको भनाइ थियो ।