global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

नेपालमा अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

नेपालमा अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआइएच) स्थापना भएको १००औँ वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ ।

नेपाल हक्की सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक लगायतको उपस्थितिमा दिवस मनाएको हो ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा उपाध्यक्ष आचार्यले दिवसका अवसरमा शुभकामना दिँदै वर्तमान कार्यसमितिले हक्कीलाई अगाडि बढाउन प्रशंसनीय कार्य गर्दै आइरहेको धारणा व्यक्त गरे ।

हक्की सङ्घका अध्यक्ष अनिल शर्माले नेपालमा हक्कीको विगत र वर्तमान अवस्था बारे प्रकाश पारेका छन । राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले हक्कीको रङ्गशाला निर्माण गर्न धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी गराउँदै पूर्वाधार निर्माण गर्न प्रारम्भिकको कार्य अगाडि बढिरहेको बताए । उनले ललितपुरको च्याससलमा वैशाख १५ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी पनि दिए।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु