global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वअर्थमन्त्री थापासहित चार स्रष्टा सम्मानित

पूर्वअर्थमन्त्री थापासहित चार स्रष्टा सम्मानित

पूर्वअर्थमन्त्री थापासहित चार स्रष्टा सम्मानित

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा. भेषबहादुर थापासहित चार जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा. थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरेको छ । नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पु¥याएको योगदानको कदरस्वरुप उनलाई कदरपत्रसहित रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्मय कृति पुरस्कार भारतको कोलकताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरेको छ । नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकामा उनलाई कदरपत्र र रु २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरुप उनलाई पुरस्कृत गरिएको हो ।

यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्गमयको क्षेत्रमा उहाँको योगदान स्वरुप कदरपत्र र १० हजार नगदसहित पुरस्कृत गरिएको छ । साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई पाँच हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु