global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ललितकला मेला मङ्गलबारदेखि

ललितकला मेला मङ्गलबारदेखि

ललितकला मेला मङ्गलबारदेखि CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

नववर्ष २०८२ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १६औँ स्थापना दिवसका अवसरमा आगामी मङ्गलबारदेखि यहाँ ललितकला मेला हुने भएको छ।

ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर आयोजना हुने मेला वैशाख ६ गतेसम्म जारी रहने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

मेलाका माध्यमबाट कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी तथा अनुसन्धाताको योगदानको कदर गर्ने प्रयत्न भएको उनले बताए ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले मेलाको तयारी प्रायः पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “हामीले यस मेलामा ललितकलाका सबै विधालाई समेट्ने प्रयास गरेका छौँ ।”

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु