global ime bank Long Banner Ad

गृहपृष्ठ ‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएको थियो । गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधान सेनापती अशोकराज सिक्देलको उपस्थितिमा आर्मी हेडक्वाटर भद्रकालीको सभाहलमा सम्पन्न भएको लघुचलचित्र प्रतियोगितामा प्रथम स्थान हासिल गरेको ‘उडान’ले २ लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो । बिगतमा नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०७८ मा पनि तामाङको लघुचलचित्र ‘कस्तुरी’ प्रथम र ‘डोल्मा’ ले तेस्रो स्थान हासिल गरेको थियो ।

लघुचलचित्र ‘उडान’ मा आर्मी जङगल र जंगली पैदावारको सुरक्षा गर्नको निमित वन्यजन्तुको संरक्षणको निमित्त निकुञ्जमा तैनाथ रहन्छ । तर निकुञ्ज नजिकैको बस्तिको एक बालिका निकुञ्जकै जनावरबाट बाली बचाउनको लागि कुर्नुपर्ने हुन्छ । यहि समस्या र समाधानको वरिपरि कथावस्तु रहेको छ । चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने बाल कलाकार सुपृम राईको अभिनयले निकै तारिफ बटुलेको थियो । ग्याल्जेन कृयसनको प्रस्तुतिमा बनेको लघुचलचित्र ‘उडान’ मा मिस तामाङ रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, बिरबल घले, सुवास राई, सुक्रराज मगरको अभिनय रहेको छ ।

‘उडान’को कास्टिङ डाइरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने छायांकन बिनोद बलले गरेका छन् । कृयटिभ डिरेक्सन बाबुराम निरौलाले गरेका छन् । मुख्य सहायक निर्देशक अन्सुल डागी, पन्कज सार्की रहेका छन् । भरत महरले सेट डिजाइन गरेका हुन् । पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको ‘उडान’को सम्पादन मिराज अर्यालले गरेका हुन् । लघुचलचित्रको साउन्ड डिजाइन तथा पाश्र्व गाएन मनोज खड्काले गरेका हुन् ।

 

प्रकाशित समय : १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु