global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल मनी वीकको अवसरमा कामना सेवाको वित्तीय साक्षरता सम्पन्न

ग्लोबल मनी वीकको अवसरमा कामना सेवाको वित्तीय साक्षरता सम्पन्न

ग्लोबल मनी वीकको अवसरमा कामना सेवाको वित्तीय साक्षरता सम्पन्न

कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताह २०२५ ग्लोबल मनी वीकको अवसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ

यो कार्यक्रम प्रत्येक वर्ष मार्च महिनामा Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा आयोजना गरिन्छ, जसको उद्देश्य किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारे जागरण ल्याउनु हो। यस वर्षको विश्व वित्तीय सप्ताह मार्च १७ मा सुरु भई मार्च २३ मा समाप्त भएको थियो।

कामना सेवा विकास बैंकले ग्लोबल मनी वीकको अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले विद्यार्थीहरूमा वित्तीय ज्ञान र सीपको विकास गराउने उद्देश्यले विभिन्न विद्यालयहरूमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजित गरेको छ। यस कार्यक्रममा २५०० भन्दा बढी विद्यार्थीहरूले वित्तीय साक्षरता प्राप्त गरेका छन्।

कार्यक्रमको क्रममा स–साना रकमलाई एकत्रित गरेर पुँजी निर्माण गर्न सकिने, बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माणका बारेमा चर्चा गरियो। साथै, डिजिटल कारोबार र यसका अवसर तथा चुनौतीका विषयमा पनि विचार विमर्श गरिएको थियो।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु