global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेष्डो लघुवित्तको आज वार्षिक साधारण सभा बस्ने

नेष्डो लघुवित्तको आज वार्षिक साधारण सभा बस्ने

नेष्डो लघुवित्तको आज वार्षिक साधारण सभा बस्ने

नेष्डो लघुवित्तको वार्षिक साधारण आज बस्दै छ । सभामा कम्पनीले कुल १५ प्रतिशतले लगानीकर्तालाई लाभांश वितरण गर्दै छ । कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीको सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।

प्रकाशित समय : ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु