global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०।३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु