गृहपृष्ठ प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनीवीक २०२५ को अवसरमा र्याली आयोजना
प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनीवीक २०२५ को अवसरमा र्याली आयोजना
प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्गजिल्लाको पश्चिम भेग बुर्तिबाङमाग्लोबल मनीवीक २०२५ कोअवसर पारेर आज एकबित्तिय जनचेतनामूलक र्यालीको आयोजना गर्यो।“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानी पूर्णवित्तीय निर्णय गरौं।
अरुका कुरा सुनौंतर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्री ले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे । उनले बालबालिका, बृद्घ तथायुवा पुस्तालाई बचत, लगानी र वित्तीययोजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।
यसर्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानै देखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीययोजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो।
बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतना मूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित समय : १३:४१ बजे



















