global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन : सांसद नेपाली

पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन : सांसद नेपाली

पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन : सांसद नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भौतिक पूर्वाधार कमजोर हुँदा पर्यटन क्षेत्रले अपेक्षित लाभ हासिल गर्न नसकेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नेपालीले ठूलो लगानी र रोजगारी प्रदान गरेको पर्यटन क्षेत्रलाई उपेक्षा नगर्न सरकारसँग आग्रह गरे । उनले सडक पूर्वाधारको क्षमताभन्दा बढी भार बहन गरेका भारतीय ट्रकका कारण समस्या देखिए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पहल नगरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले वर्तमान संविधानबारे आफ्नो दल जानकार रहेको उल्लेख गर्दै राजसंस्थालाई आफ्नो दलले मुख्य ‘एजेन्डा’ बनाएको जिकिर गरे।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु