global ime bank Long Banner Ad

गृहपृष्ठ ‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने योजना रहेको बताए । वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै भए पनि प्रदेशमा रहेका आपतकालीन गोदामघरलाई आवश्यक सामग्री उपलबध गराइने बताए ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरेको आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको गृहमन्त्री लेखकले उल्लेख गरे । विपद्मा प्रदेश सरकारसँग  समन्वय गरेर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिए ।

सो अवसरमा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरे । कार्यक्रममा विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुषाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु