global ime bank Long Banner Ad

गृहपृष्ठ बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौँः मुख्यमन्त्री लामा

बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौँः मुख्यमन्त्री लामा

बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौँः मुख्यमन्त्री लामा

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन ।

हेटौँडा अस्पतालमा आज मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रुपमा सुधार भइरहेको उनले जनाए ।

मुख्यमन्त्री लामाका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ ।

हाल देशमा मुटु रोगसम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकार त्यसतर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ । स्वस्थ्य सेवालाई राजनीतिकीकरण गर्न बन्द गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफू लागिपरेको बताए । विभिन्न सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले जनाए ।

अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याब सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै निरन्तरता महत्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा दुई वर्ष टिकाउनुपर्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु