global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विपद् जोखिम न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्छ:  गृहमन्त्री

विपद् जोखिम न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्छ:  गृहमन्त्री

विपद् जोखिम न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्छ:  गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका- १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रीय आपतकालिन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताएका हुन्।

उनले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद् सामाग्री उपलब्ध गराइने बताए। सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको उनले बताए।

गृहमन्त्री लेखकले विपदको समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए। त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे।

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु