global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवताविरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलमा प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।

सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सको राष्ट्रपति रहँदा डुटेर्टेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौंको मृत्यु भएको थियो ।

यसअघि, आफ्नो सम्भावित गिरफ्तारीको बारेमा, उनले आफू जेल जान तयार रहेको बताएका थिए । फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु