global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राजावादीलाई साथ दिन रविलाई प्रसाईंको आग्रह

राजावादीलाई साथ दिन रविलाई प्रसाईंको आग्रह

राजावादीलाई साथ दिन रविलाई प्रसाईंको आग्रह

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन्।

मंगलबार बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले व्यवस्था परिवर्तनका लागि राजावादीलाई साथ दिन आग्रह गरेका हुन्। ‘हामीलाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,’ उनले भने, ‘अनि मात्रै विकास हुन्छ।’

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए। ‘हिजो केके नै गर्छु भनेर आउनुभएको थियो। तपाईंलाई लात हानेर थुने’, उनले थपे। फरक प्रसङ्गमा उनले पूर्वराजालाई कसैले सडकमा ल्याउन नसकेको अवस्थामा आफूले सकेको दाबी गरे।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु