global ime bank Long Banner Ad

गृहपृष्ठ नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेप्सेमा सूचीकृत भएको नेष्डो लघुवित्तको आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।

 

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु