global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।

यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गरेका छन् ।

यसअघि, प्रधानमन्त्री ओली बिहान मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन्। उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ बजे विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु