global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज मंगलबारदेखि सर्वसाधारणको लागि बिक्री खुला भएको छ । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु