global ime bank Long Banner Ad

गृहपृष्ठ चैते धान रोप्दै लोपोन्मुख वनकरिया

चैते धान रोप्दै लोपोन्मुख वनकरिया

चैते धान रोप्दै लोपोन्मुख वनकरिया

मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् ।

खेतमा धान राप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताए । पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।

चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । उनले भने, “हाम्रो सासू, ससुराले धान रोप्ने जङ्गलमा बस्ने, तर अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं”, “हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैँसी र बाख्रा पालेका छौँ ।” दुई छोरा, श्रीमान्सहित चार जनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनले बताए।

त्यसैगरी चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त छन् । हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नको लागि कोही पनि नबोलाउने भएका कारण एक अर्काको पर्म गर्ने गरेको उन बताए ।

समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ । उन बिहान सबेरै उठेर बीउ काट्ने गरे । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उन बताए । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्यादाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ । आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूको लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको भनाइ छ । समुदायलाई विसं २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षको लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।

वनमरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ ।तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो, भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु