global ime bank Long Banner Ad

गृहपृष्ठ तीन घन्टादेखि इसेवा अवरुद्ध

तीन घन्टादेखि इसेवा अवरुद्ध

तीन घन्टादेखि इसेवा अवरुद्ध

तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ।

छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन।

इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए।

इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन्। तर, उक्त सेवासमेत अवरूद्ध रहेको छ।

नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन्।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु