गृहपृष्ठ घट्यो प्याजको मूल्य
घट्यो प्याजको मूल्य
बजारमा सुकेको प्याजको भाउ घटेको छ।
समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ५८ देखि ६५ रूपैयाँ छ।
एक साताअघि कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ६८ देखि ७० रूपैयाँमा कारोबार भइरहेको थियो।
१५र२० दिन अघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रूपैयाँले कारोबार भइरहेको थियो।
अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। एक महिना अघिसम्म प्याज सस्तो थियो। त्यतिखेर बजारमा प्रतिथोक मूल्य ५५ देखि ६० रूपैयाँमा कारोबार भइरहेको थियो। भारतीय बजारमा प्याजको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य थोरै घटेको व्यवसायीहरूको भनाइ छ।
प्रकाशित समय : १४:०४ बजे



















