global ime bank Long Banner Ad

गृहपृष्ठ सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन।

आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।”

कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु