global ime bank Long Banner Ad

गृहपृष्ठ कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् ।

‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो ।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान बिचार र उदेश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा राप्रपा नेपाल र कमल थापाले जोड दिईरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

 

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु