global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रवि लामिछाने तारिख बुझ्न कास्कीमा

रवि लामिछाने तारिख बुझ्न कास्कीमा

रवि लामिछाने तारिख बुझ्न कास्कीमा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि सोमबार रुपन्देहीमा पनि जानेछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगि प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।

सहकारी प्रकरणमा चार जिल्ला कास्की, रुपन्देही, चितवन र काठमाडौँमा मुद्धा खेपिरहेका लामीछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन् ।

 

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु