global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फिल्म ‘डल्लेले इन्ट्री मर्यो’ मा प्रकाश घिमिरे अनुबन्ध

फिल्म ‘डल्लेले इन्ट्री मर्यो’ मा प्रकाश घिमिरे अनुबन्ध

फिल्म ‘डल्लेले इन्ट्री मर्यो’ मा प्रकाश घिमिरे अनुबन्ध

निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मर्यो’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन् ।

फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमीरेलाई अनुबन्धित गरेको हो ।

चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल,प्रकाश घिमीरेका साथमा रबिन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् ।

बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुदैछ । फिल्मका अन्य कलाकार र प्राबिधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन् । उनले आफ्नो फिल्म तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन् ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु