global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव

स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव

स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव

कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले नेपालमा राष्ट्रिय पद्दतिको योजना २०२८ मा ल्याएको र हालसम्म त्यही पद्दतिअनुसार चलिरहेको बताएका छन । समय परिस्थिति बद्लिँदो अवस्था रहेकोले सुधारको आवश्यक रहेकोले सदनमा बहस भइरहेको पनि प्रदेश प्रमुख खापुङले बताए ।

विराटनगर १३, भेट्नरी चौक, मोरङस्थीत स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन ।

त्यसैगरी प्रदेश प्रमुख खापुङले विद्यालयहरूले सीपमुलक शिक्षाको अवधारणा ल्याई वेरोजगारलाई अन्त्य गर्नुपर्ने औंल्याएका थिए ।

कार्यक्रममा विशिष्ट समाजसेवीहरूलाई सम्मान र विविध सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष डा. उद्धवप्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु