गृहपृष्ठ ‘उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति’

‘उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति’

‘उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति’

युवा तथा खुलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा छात्रवृत्ति उपलब्ध गराउने बताएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै विद्यालय खेल अनिवार्य गर्ने योजनाः विद्यालय तहमा खेलकुदलाई अनिवार्य विषयका रूपमा समावेश गर्दै खेलाडीलाई शैक्षिक अवसरबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे। खेलाडीलाई लचिलो शैक्षिक वातावरण उपलब्ध गराउन खेलकै कारण अध्ययनमा असर नपरोस् भन्ने हेतुले परीक्षा समयतालिका तथा अन्य शैक्षिक कार्यक्रममा लचकता अपनाउने योजना रहेको उनको भनाइ छ ।

त्यसैगरी खेलाडी स्वास्थ्य बिमा योजनाः नेपाल सरकार र नेपाल खेलकुद परिषद्द्वारा खेलाडीका लागि बिमा योजना सञ्चालन गरिँदै आएको छ, जसमा उपचार खर्चको व्यवस्था गरिएको मन्त्री चौधरीले बताए । “खेल विज्ञान तथा पोषण कार्यक्रमः खेलाडीहरूको शारीरिक स्वास्थ्य, पोषण तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित प्रशिक्षण तथा स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुका साथै खेल चोटपटक उपचार कोषः खेलाडीहरूले चोटपटक वा अन्य स्वास्थ्य समस्याका कारण करिअर गुमाउन नपरोस् भनेर विशेष कोष स्थापना गर्ने सरकारको योजना छ”, उनले भने ।

मन्त्री चौधरीले खेल प्रशिक्षक र व्यवस्थापकको रोजगारीः उत्कृष्ट खेलाडीहरूलाई प्रशिक्षक, रेफ्री, व्यवस्थापक तथा खेल विश्लेषकको रूपमा पुनःस्थापना गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जनाः निजी तथा अन्तरराष्ट्रिय खेल संस्थाहरूसँग सहकार्य गरी खेलाडीलाई रोजगारी दिने प्रयास भइरहेको जानकारी गराए । खेल विश्वविद्यालय स्थापनाको योजनाः नेपाल सरकारको दीर्घकालीन योजनामा खेल विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरिएको भनाइ छ । उनले भने, “खेलसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक शिक्षाः खेल पत्रकारिता, खेल व्यवस्थापन, स्पोट्र्स र साइन्सजस्ता विषयहरूलाई उच्च शिक्षामा प्राथमिकता दिने योजना सरकारले अघि सारेको छ ।”

त्यसैगरी, सरकारले दीर्घकालीन रूपमा खेल जीवन समाप्त भएपछि खेलाडीलाई निवृत्तिभरण (पेन्सन) उपलब्ध गराउने नीति बनाउने, खेलाडीलाई आजीवन स्वास्थ्य बिमा उपलब्ध गराउने दीर्घकालीन योजना बनाउनुका साथै खेलाडीहरूको लागि खेलकुद चिकित्सा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । खेलाडीहरूको व्यावसायिक पुनःस्थापना कार्यक्रमः खेल जीवनपछि उनीहरूलाई विभिन्न सरकारी तथा निजी संस्थामा रोजगारी दिने दीर्घकालीन योजना रहेको उनले बताए।

खेल क्षेत्रमा निजी लगानी आकर्षित गर्दै खेलाडीलाई स्पोट्र्स ब्रान्डिङ, उत्पादन तथा व्यवस्थापनमा रोजगारको अवसर सिर्जना गर्ने र नेपाललाई खेल पर्यटन गन्तव्य बनाउँदै खेलाडीलाई खेल पर्यटन व्यवस्थापन, प्रशिक्षक वा व्यवस्थापकको रूपमा संलग्न गराउने मन्त्री चौधरीले बताए ।

नेपाललाई खेलकुदको हब बनाउने दीर्घकालीन र अल्पकालीन सम्भावना बलियो भएको बताउँदै उनले नेपालमा खेलकुदको विकासका लागि भौगोलिक, सांस्कृतिक र पर्यटनजस्ता विविध सम्भावना भएको बताए । उनले भने, “रङ्गशाला तथा खेलमैदानको सुधार र निर्माण, दशरथ रङ्गशाला मर्मत तथा स्तरोन्नति र पोखरा, चितवन, धनगढी, इटहरीलगायत क्षेत्रमा नयाँ रङ्गशाला निर्माण गर्ने योजना छ ।”

‘विद्यालय र कलेजहरूमा खेलकुद अनिवार्य गर्ने योजना छ’

मन्त्री चौधरीले नेपालभरका विद्यालय र कलेजहरूमा खेलकुद अनिवार्य गर्ने योजना रहेको बताएको छ । उनले भने, “अन्तरराष्ट्रिय सहकार्य र साझेदारी गर्नुका साथै फुटबल, क्रिकेट, व्याडमिन्टन, भलिबललगायत खेलका लागि विदेशी प्रशिक्षक ल्याउने र फिफा, ओलम्पिक कमिटी, एसियन क्रिकेट काउन्सिलजस्ता अन्तरराष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आगाडि बढ्ने योजना रहेको छ ।”

उहाँले निजी क्षेत्र र अन्तरराष्ट्रिय स्पोन्सरहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नुका साथै नेपाललाई अन्तरराष्ट्रिय खेल प्रतिस्पर्धाका लागि आकर्षक गन्तव्य बनाउने र हिमाली क्षेत्रमा विशेष प्रवर्द्धन गरिने बताए । उनले खेल विश्वविद्यालय र अनुसन्धान केन्द्र स्थापना गर्नुका साथै नेपालमा खेल विज्ञान विश्वविद्यालय स्थापना गरी खेलकुद विषयलाई व्यावसायिक शिक्षा र अनुसन्धानमा जोड दिने बताए । स्पोट्र्स साइन्स, खेल पोषण, मानसिक स्वास्थ्य, खेल व्यवस्थापनजस्ता क्षेत्रमा विशेषज्ञता विकास गरिने उनको भनाइ छ ।

मन्त्री चौधरीले फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टनजस्ता खेललाई व्यावसायिक लिगको रूपमा विकास गर्ने, खेलाडीहरूको आयस्रोत बढाउने, स्पोन्सरसिप र विज्ञापनमा निजी क्षेत्रलाई आकर्षित गर्ने र खेल क्लब र फ्रेन्चाइजी लिगको संस्कृति स्थापित गर्ने योजना पनि सुनाए। उनले खेल पूर्वाधार तथा अन्तरराष्ट्रियस्तरको स्पोट्र्स भिलेज निर्माण, नेपाललाई अन्तरराष्ट्रियस्तरका खेलाडीका लागि ‘ट्रेनिङ हब’ बनाउने र उच्च पहाडी क्षेत्र (हाई–एल्टिच्युड ट्रेनिङ सेन्टर) मा विशेष प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना पनि सुनाए ।

उनले फुटबल, किकेट, मार्सल आट्र्स र ट्रयाक एन्ड फिल्डका लागि अन्तरराष्ट्रिय स्तरका स्पोट्र्स भिलेज निर्माण गर्ने योजना, खेल प्रशासन तथा कानुनी सुधार गर्ने र राष्ट्रिय खेल नीतिको पुनरावलोकन गरी दीर्घकालीन योजना निर्माण गर्ने पनि बताए ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु