गृहपृष्ठ आजदेखि सिनेमा हलमा ‘होस्टल-३’
आजदेखि सिनेमा हलमा ‘होस्टल-३’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘होस्टेल-३’ प्रदर्शनमा आएको छ । गायक तथा संगीतकारको हुँदै म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका सशान कँडेलको डेब्यू निर्देशन रहेको यो फिल्मले आज सोलो रिलिजको मौका पाएको छ ।
सोलो रिलिज पाएकै कारण यो फिल्मले देशका अधिकांश सिनेमा हलहरुमा राम्रो शा पनि पाएको छ । ‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करणको व्यवसायिक सफलतापछि तेस्रो भाग तयार पारिएको हो । यो फिल्मले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गर्ने प्रवल सम्भावना छ । यो फिल्म युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मको छायांकन निर्देशन अर्जुन तिवारीले गरेका हुन हो भने सम्पादन विकास दाहालको छ । हिमाल केसीको एक्सन निर्देशन रहको यो फिल्ममा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत छ ।
प्रकाशित समय : १०:५३ बजे

















