global ime bank Long Banner Ad

गृहपृष्ठ गुठी किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

गुठी किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

गुठी किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन ।

“विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाई हुन सकेको छैन”, सांसद शर्माले भनिन, “सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।”

गत माघ २० गतेदेखि स्वर्गाद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका भताउँदै उनले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरिन ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु