global ime bank Long Banner Ad

गृहपृष्ठ ‘लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ’

‘लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ’

‘लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘झापा विद्रोह’का पाँच सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन ।

आज विज्ञप्ति जारी गर्र्र्दैै उनले सहिदको सपनालाई पूरा गर्न एकताबद्ध हुन आग्रह समेत गरेका छन । विज्ञप्तिमा भनिएको, “सहिदको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतान्त्रिक शासन व्यवस्था प्राप्ति थियो । सहिदहरूको रगत कहिल्यै खेर जान सक्दैन । उनिहरुको सपनालाई लोकतन्त्रले पूरा गर्नुपर्छ । हामीहरु एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौँ । तब मात्र हाम्रा वीर अमर सहिदहरूको सपनालाई साकार बनाउन सकिन्छ ।”

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु