global ime bank Long Banner Ad

गृहपृष्ठ महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने

महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने

महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने

तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण तयारी गरेको हो ।

आमसभामा मात्र १२ हजार मानिसहरु सहभागी हुने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत आज नै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरु जिल्लाको मटिहानी प्रवेश गर्नेछन । मटिहानीका नगरप्रमुख हरि मण्डल र जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले उनीहरुलाई भब्य स्वागत गर्ने कार्यक्रम छ ।

पदाधिकारीहरुलाई स्वागत गर्न जिल्लाका मुख्यद्वारहरुमा मात्र २ सय भन्दा बढी गेटहरु सजाईएका छन् । २२ गते एकडारा गाँउपालिकामा जनतासँग खुल्ला संवाद गरेपछि पदाधिकारीहरु सम्सीतर्फ अगाडी बढने माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २२ गते आमसभा गरेपछि सर्लाही प्रवेश गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

 

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु